थाईल्याण्डमा होटल व्यवसायमा लगानी गर्ने पहिलो नेपाली

९ वर्ष अघि सोलुखुम्बु बुङ गाविसका सुनिल खड्का घुम्ने सिलसिलामा थाईल्याड पुग्नु भयाे । २ महिना थाईल्याडमा नै बसेर थाइल्याण्ड कसरी विकास भयो, त्यहाँको मुख्य ब्यापार के हो केलाएर नेपाल फर्केपछि व्यापार गर्ने सोच आयो । राजनीतिमा लाग्ने उहाँकाे रहर थियो । तर राजनीतिमा लागेर  दल र दलका नेतालाई माथि चढाउने भर्याङ बन्न मन लागेन । सेनाले द्धन्द्धकालमै आतंकवादी भन्दै उहाँलाई बिना कारण ११ महिना १९ दिन हिरासतमा राखेको पनि थियो । थाइल्याण्डमा नै ब्यपार गर्ने कि अन्य देशमा गएर गर्ने भन्ने कुरामा उहाँ द्धिविधामा पर्नुभयाे तर पछि थाइल्याण्डमा नै ब्यवसायकाे सुरूवात गर्नुभयाे ।

bar spajo

स्पाजो क्लब

देशको राजनीतिक अस्थिरताका कारण लगानी गर्ने वातावरण थिएन ।  लाखौं ऋण लिएर गरेको व्यवसाय डुब्ने हो कि भन्ने चिन्ताले उहाँ राम्रो सँग निदाउन पनि सक्नु हुदैन थियाे । एक पटक थाइल्याड गएर होला उहाँको मन थाइल्याण्डतिर नै फर्कियो । उतै गएर ब्यापार गर्ने निधो उहाँले गर्नुभयाे । ९४ प्रतिशत बौद्धिष्टहरु रहेको देशमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने जानकारी पनि गराउने व्यापार पनि गर्ने उहाँको सोच थियो।  विदेशी मुद्रा स्वदेश भित्र्याएर आफ्नो खुट्टामा आफैँ उभिने उहाँ एक मात्र लक्ष्य थियो । त्यसपछि ३ लाख ७५ हजार रुपैयाँ  अर्थात १ लाख ५० हजार भाट लगानी गरेर उहाँले ८ वर्षअघि थाइल्याण्डमा थाई नेपाल कम्पनी लिमिटेड टिएनसी ट्राभल सर्भिस नामको कार्यालय खोलेर ब्यापार सुरु गर्नुभयाे । उहाँको ट्राभल एजेन्सी फस्टाउँदै गयो ।
asojk
ट्राभल खुलेको २ वर्षपछि उहाँले टिएनसी कार्गो कम्पनी खोलनुभयाे । त्यसले सामानहरु आयात निर्यात गर्न थाल्यो । सन् २०१२ मा स्पाजो क्लव जामको थाई क्लव खोलेपछि, पर्यटकिय नगरी थाइल्याण्डमा क्लवले नसोचेको ब्यापार गर्यो । त्यसपछि उहाँले होटल व्यवसाय खोल्ने योजना बनाउँनुभयाे । २०१३ को डिसेम्बरमा उहाँले होटल यात्र सुरु गरे। अशोक सुइट नाम गरेको होटल अमेरिकनहरुसँग खरिद गरि, माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय होटल कम्पनी लिमिटेड दर्ता गर्नुभयाे ।
bar
थाइल्याण्डमा होटल व्यवसाय गर्ने उहाँ पहिलो नेपाली हुनुन्छ । उहाँले होटल खोलेपछि नेपालीहरुले अहिले बैंकक र पत्तायामा एक एक वटा होटल खोल्नुभएकाे  छ । २ वर्ष अघि सबै ब्यवसायको मार्केटिङ, लेखा, ह्युमन रिर्सोस र लगानीसमेत हर्ने गरी टिएनआई ग्रुपको कामलाई फराकिलो पार्नुभयाे । त्यसपछि ला पोर्ते बैंकक होटल किन्नुभयाे । त्यसपछि सन् २०१५ मा नै पर्सिया ग्रुप कम्पनी अन्तर्गतको अर्को सहर पत्तायामा रहेको दि पत्ताया इन र बल्कोनी रेष्टुरेन्ट खरिद गर्नुभयाे ।
pattaya ko
सुनिलहालसालै उहाँले एभरेष्ट बुटिक होटेल र बेस क्याम्प बार खोलेर संचालनमा ल्याएउनु भएकाे छ । यसका साथै उहाँले कमेडियामा ब्रिक रिसोर्ट एण्डल स्पा संचालन गर्नुभएकाे छ । नेपालमा मातृभूमि ट्राभल एण्ड टुर्स कम्पनी पनि उहाँकै नाममा छ । ‘समय अनुकुल जुध्दै, हार नखाई एक पछि एक व्यवसाय थप्दै म यो स्थानमा आइपुगेको छु’, उहाँले भन्नुभयाे ‘अझै नेपालमा केही ब्यवसाय गरुँ जस्तो लाग्छ तर  लगानी गर्ने अवसर अझै देख्दिन ।’  सन् २०२० भित्र दक्षिण पूर्वि एसियाका हरेक देशमा कम्तिमा पनि ५० वटा बुटिक होटल खोल्ने योजनाका साथ काम अघि बढाइरहेको उहाँले बताउनुभयाे । बैंककमा छिट्टै एभरेष्ट क्याव नामको ५० वटा ट्याक्सी संचालन गर्न लागेको उहाँले जानकारी दिनुभयाे । साथै असली नेपाली खाना खुवाउने लक्ष्यसहित गजल रेष्टुरेष्ट खोल्नका लागि धमाधम काम भइरहेको बताउनु भयाे । ‘दृढ संकल्प र निरन्तर पहलबाट जुनसुकै सपना पनि पूरा गर्न सकिन्छ भन्ने विश्वास आफूसँग छ,’ सुनिल खड्काले भन्नुभयाे ।
साभार : सेताेपाटी

My Partners