म्यानमार (बर्मा) र म्यानमारका नेपालीहरू

Flag-Pins-Nepal-Myanmarएशियाका देशहरु मध्ये दक्षिणपूर्वी भागमा रहेको म्यानमार पनि एक हो । म्यानमारलाई बर्मा पनि भनिन्छ । यसलाई ‘सुनौलो भूमी’ भनेर पनि चिनिन्छ । जसको क्षेत्रफल ६,७६५,७८ वर्ग कि.मि. रहेको छ । म्यानमार चीनबाट उत्तर र उत्तरपूर्वी भागमा रहेको छ, भने लाओस र थाइल्याण्डबाट पुर्व तिर रहेको छ । त्यसै गरि म्यानमारको दक्षिणतिर बंगालको खाडी र अन्दमन समुन्द्र रहेको छ भने, बंगलादेश र भारतबाट पश्चिमी भूभाग तिर म्यानमार अवस्थित छ । ५१.४ करोड जनावादी रहेको म्यानमार को पहिलाको राजधानी यांगों थियो, भने अहिले नयपिद हो । म्यानमारको मुख्य भाषा बर्मिज हो । बर्माको मुख्य धर्म बौद्ध धर्म हो । ११औँ शताब्दीबाट यो धर्म मुख्य धर्मको रुपमा स्थापित हुदै आएको पाइन्छ । यहाँका ९०% मानिसहरुले बौद्ध धर्म मान्ने गर्दछन् ।  बाकींमा ४% क्रिस्चियन, ४% इस्लाम, १% हिन्दु र बाकीं १% अन्य धर्म मान्ने मानिसहरु बस्छन् । यहाँ विभिन्न ठाउँहरुमा बुद्धका ठुलाठुला मुर्तिहरु, गुम्बाहरु, स्तुपाहरु प्रशस्तै मात्रमा देख्न पाइन्छ ।

यहाँको मुख्य पेशा व्यापार ब्यबसाय हो र यसका साथै कतिपय ठाउँहरुमा कृषी पेशा अंगालिएकाे पनि पाइन्छ । म्यानमारको राजनीतिक अवस्थाको बारेमा भन्नुपर्दा, म्यानमारमा राजतन्त्रको अन्त्य त सन् १८८५ मा भएको थियो । सर्बप्रथम सन् १९४८ मा बेलायत सरकारबाट स्वतन्त्रता प्राप्त गरिसकेपछि त्याहाँ उ नु प्रधानमन्त्री भएका थिए । त्यसपछि आफ्नै अधिनमा म्यानमार सरकारले नै देश चलाउँदै आएको छ । नेपालमा जस्तै जनताहरूद्वारा चुनिएका प्रतिनिधीले राज्य संचालन गर्छन् । सन् २०११ मा भएको चुनाबबाट मनोनित म्यानमारका राष्ट्रपति ह्तीं क्याव हुन् । त्यसैगरी म्यानमारका हालका प्रधानमन्त्री थेन सेन हुन् । उनि २०१५ मा भएको चुनाबबाट चुनिएका थिए ।

a-nepalese-nun-casts-her-vote-demanding-three-freedoms-for-myanmar-fmge3aम्यानमारमा नेपालीहरु पनि बसोबास गर्दै आएको पाईन्छ । पहिलाबाट नै विभिन्न कारणहरुले म्यानमार पुगेका नेपालीहरु सबैको अवस्था एउटै किसिमको छ भन्न सकिदैन । कोहि युद्धको क्रममा भागेर बर्मा पुगेका थिए ।, कोहि शर्णरार्थी बनि नेपालीहरु त्यहाँ बस्दै आएका छन् ।कोहि सामान्य मजदुरी गरि जिबिका चलाउछन भने कोहि व्यापार ब्यबसाय गरेर जीवन चलिरहेका छन् । कोहि भने राजनीतिक, सामाजिक तथा ब्यबसायिक हिसाबले निकै माथि पनि पुगेका पनि छन् । कति नेपालीहरुले लामो समय बसिसके पछि म्यानमारको नागरिक हो भनि चिनाउने प्रमाणपत्र पनि पाइसकेका छन् । कतिपय नेपालीहरु अझै पनि नेपाल मै फर्केर आउन पाए हुन्थियो भन्ने सोचमा पनि छन् ।म्यानमारका सबै नेपालीहरु आफ्नु कला,सस्कृति, भाषा, परम्परा अनुसारकै चार्डपर्व आदि मनाउने गर्छन । परदेश मै भएपनि आफ्नु मातृभूमिको हितमा नै कामहरु गरिरहेको पनि पाईन्छ । आफ्नु देशलाई विश्व सामू चिनाउन उनीहरु आफ्नु आफ्नु तर्फबाट सक्दो प्रयास गरिरहेका छन् र उनीहरु जहाँ भए पनि नेपाली हुनुमा गर्व गर्छन । बर्मा सरकारले पनि नेपाल र नेपालीहरुको लागि धेरै नै साथ सहयोग दिदै आएको पाईन्छ । म्यानमार र नेपालको सम्बन्ध पनि राम्रो रहेको छ । छिमेको राष्ट्रबीच एक अर्कालाई पर्दा सहयोग गर्ने भावना दुवै देशहरुको रहेको छ र गर्दै पनि आएको छ ।

My Partners