बलत्कारी, हत्यारा तथा भ्रष्टचारी यी सबै समाजका फोहोर हुन् यीनलाई सुधार्ने होइन मृत्युदण्ड दिनुपर्छ

१७ बर्षीय नेपाली चेली मनिषा घर्तीको जुन आततायी ढंगले हत्या भएको खवर नेपाली संचार माध्याममा अलि बढीनै उत्तेजक ढंगले प्रस्तुत गरिएको महसुस भईरहेको छ । कसैको मानवीय समवेदनालाई समवेदना दिने शैलीहरु एवंम् तौर तरिकाहरु अनलाईनको भिजिटर बढाउने अनि प्रचार प्रसार गर्ने साधनका रुपमा लिएको देख्दा दुख लाग्नु स्वभाविक हो । अनि अर्को तिर बारम्वार यस प्रकारका आपराधिक घटनाहरुको बारम्वार पुनराबृत्ति भइरहदा सरकार, शुरक्षा निकाय अनि सरोकार वालाहरु कार्वाहीका लागि कार्वाही मात्र गर्ने सजिलो बाटोबाट अगाडि बढीरहेका देखिन्छन् । एसिड काण्ड, पोखरा काण्ठ हुदै हुदै नवलपरासी काण्डमा आईपुग्दा सूचना प्रविधिको दुरुपयोग बाट हुन थालेका अत्यन्त्य दर्दनाक अपराधहरु पर्दामा एक पछि अर्को गर्दै आउन थालेका छन् । यसको सबै दोष हाम्रो कानुन अनि कानुनले समेट्न नसकेको क्षेत्रहो । बालबालिकाको आईटीको प्रयोगमा अभिभावकको प्रत्यक्ष अनुगमन हुन जरुरी छ भने हत्या अथवा बलात्कार का विरुद्ध मृत्युदण्ड दिन जरुरी छ । अनि मात्र अपराधी हरु डरको भावनाले गर्दा यस्ता खराव कार्य गर्नबाट निरुत्साहित हुने थिए । नेपाली राजनेता र कथित मानव अधिकारबादीको नाममा नेपालमा अपराधलाई प्रश्रय दिने जुन परिपाटी विकास भएको छ यसको खुलेर विरोध गर्दै जघन्य अपराधका अपराधीहरुलाई जस्ताको तस्तै मृत्युदण्ड दिने कानुनको पक्षमा वाई एम एम का अभियानता साथीहरुले अभियान चलाउन जरुरी छ । नत्र फेरि निकट भविष्यमै हामी कसैका छोरी चेलीले यस किसिमको घटनाबाट पिडित नहोलान् भन्न सकिन्न । बलत्कारी, हत्यारा तथा भ्रष्टचारी यी सबै समाजका फोहोर हुन् यीनलाई सुधार्ने होइन मृत्युदण्ड दिएर सही न्याय गरी पिडित आत्मालाई सहानुभूति प्रदान गरौँ ।

My Partners