नेपालमा आर्थिक क्रान्तिका लागि उल्लेखित बुदाहरु राज्यले नीति बनाई कार्यन्ययन गर्नु पर्छ

नेपालमा आर्थिक क्रान्तिका लागि उल्लेखित बुदाहरु राज्यले नीति बनाई कार्यन्ययन गर्नु पर्छ
१. राष्ट्रिय उद्यमी व्यवसायीको लगानीको सुरक्ष गर्न क्षतिपुर्तिको कानुन बनाई राज्यले जिम्मा लिनुपर्छ ।
२. बन्द भएका सरकारी उद्योग धन्दाहरु राज्यको तर्फबाट संचालन गर्न नसके निजी क्षेत्रलाई जिम्वा दिई संचालन गर्नुपर्छ
३. लगानीकर्ता र मजदुरबीचको समस्या हल गर्नको लागि प्रत्येक जिल्लाहरुमा श्रम कार्यलय र श्रम अदालतको स्थापना गरी सक्रिय पार्नुका सार्थ श्रम कानुन संसोधन गरी औद्योगिक प्रेमी हुनुपर्छ
४. करार सम्झौता अनुसार श्रम नगर्ने श्रमिकलाई निकाल्ने या राख्ने अधिकार लगानीकर्तालाई दिनुपर्ने
५. श्रमिक नियुक्तिको करार अवधि थप्ने वा नथप्ने जिम्मा सम्वन्धित उद्योगी व्यवसायीलाई दिनु पर्ने
६. कुनै उद्योगीलाई उद्योग संचालनका लागि आवश्यक पुर्वाधार राज्यले ब्यवस्था गर्ने जस्तै यातायात, विद्युत्, सुरक्षा प्रमाणीकीकरण आदि
७. उद्योग व्यवसायलाई राजनीतिमुक्त क्षेत्र घोषणा गर्ने
८. मौसमी उद्योगको हकमा विशेष अधिकारको व्यवस्थ ागर्ने
९. राष्ट्रिय उत्पालनलाई विश्व बजारमा लैजानको लागि अन्य देशहरुसंग आवश्यक सम्झौता गरी व्यापार व्यावसाय गर्ने वातावरण राज्यले तयार पार्नुपर्ने
१०. नेपालमा उत्पादित बस्तुहरुलाई नेपाल सरकारका निकायहरुमा अनिबार्य रुपमा प्रयोग गरिनुपर्ने
११. अनुत्पादक शिक्षा प्रणालीलाई सुधार गरी रोजगारमूलक शिक्षा प्रणाली लागु गर्नु पर्ने
नेपालमा समृद्धि र रोजगारी सम्भम छैन भन्नेहरु समक्ष राखिएक तथ्यपरक कुराहरुः
१ करोड ९२ लाख ५९ हजार बरोजगारहरुलाई रोजगार दिन सकिन्छ भन्ने केही आधारहरु
१. अन्नबाली, दालबाली र नगदे बालीको व्यवसायिक उत्पादन गर्दा ४२ लाख ७५ हजारलाई रोजगारी दिन सकिन्छ
अन्नबाली धान मकै गहुँ कोदो जौ र फापर हालको उत्पादन ९४ लाख ५७ हजार टन र माग २० करोड टन,
दालबाली मसुरौ चना रहर मास खेसरी गहत भटमास अदि हालको उत्पादन ३१ लाख ९७ हजार टन अनि माग १० करोड र नगदे बाली तेला आलु उखु जुट कपास हालको उत्पादन ५४ लाख १८ हजार टन र माग १५ करोड टन भएकाले यी माथिका अन्न बाली दाल बाली र नगदे बालीको व्यवसायिक खेति गर्न सकिन्छ । यसका साथै चिया कपः पुष्प एलोभेरा लेमनग्रास, स्टेभिया, सजिवन, को आधुनिक खेती गर्न सकिन्छ ।
२. दुध र मासुको व्यवसायिक उत्पादन गर्दा १६ लाख ९० हजारलाई रोजगारी सिर्जन ागर्न सकिन्छ ।
३. गाई र भैसीको हालको उत्पादन १६ लाख टन छ भने माग करिव ८१ लख टन छ । यसै गरी राँगा, खसी र बोकाको मासु हालको उत्पादन ३ लाख टन छ भने माग ३७ लाख टन भइकोले दुध र मासुको व्यवसायिक उत्पादन र वितरण गर्न सकिन्छ ।
४. जडिबुटी संकलन, खेती र प्रसोधन गर्दा १८ लाख ३७ हजारलाई रोजगारी दिन सकिन्छ ।
नेपालमा ३०० भन्दा बढी प्रजातीका जडिबुटी पाईने विज्ञहरुको मत छ । त्यसमध्ये आयुर्वेदिक औषधी बनाउनको लागि आवश्यक पर्ने ९० प्रतिशत जडिबुटी चीन, भारत, श्रीलंका, बंगलादेश, अमेरिका, स्वीजरल्याण्ड, फ्रान्स र जर्मनी निर्यात हुन्छ । यो अर्थमा जडिबुटीको व्यवसायिक खेती तथा प्रसोधन गर्न सकिन्छ नेपालमा
४. खनिज उत्पादन, प्रसोधन र वितरण गर्दा ९ लाख १७ हजारलाई रोजगारी सिर्जन ागर्न सकिन्छ ।
खनिजको माग विश्वमा दिन प्रतिदिन बढिरहेको छ । नेपालमा बार्षिक २०० मेट्रिक टन खनिज रत्न विदेशमा निर्यात हुन्छ । रत्न व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु क्वार्च, काईनाईट, टुर्मलिन, अक्वामरिन, पन्ना, निलम, रुवी, बेरिल, र गार्नेट, नेपालका दार्चुला, बझागं दोलखा, जाजरकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, अछाम, धादिगं, ताप्लेजुग, रसुवा, सिन्धुपाल्चोक, मनागं, बैतडी, इलाम लगायतका जिल्लामा पाइन्छन् ।
त्यस्तै गरी सुन चाँदी, तामा, अभ्रख, फलाम लगायतका खनिजहरु प्रसस्तै पाईन्छन् । यी खनिजहरुको नेपालमा पहिचान गरी उत्खनन तथा प्रसोधन राम्रो गरी गर्न सकिन्छ ।
५. पर्यटन व्यवसायबाट नेपालमा १५ लाख ८३ हजारलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।
नेपालमा प्रमुख धार्मिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाहरु प्रशस्त रुपमा विद्यमान रहेका छन् । जस्तै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमालहरु, पशुपतिनाथ, स्वयम्भु, बौद्ध, बसन्तपुर, दक्षीणकाली, फुलचोकी, कृष्ण मन्दिर, फेवाताल, मनकामना, लुम्विनी, स्वर्गद्धारी, बुलबुले ताल, शैलेश्वरी मन्दिर, पचाल झरना, रारा ताल, रंलिग गुम्वा, श्रीअन्तु इलाम, चियाबगान, भेडेटार, सैपाल, मालिकार्जूृन बराह लगायत अनगिन्ती नै पर्यटकीय क्षेत्रहरु छन् ।
६. जलस्रोतलाई विद्युतीकरण गर्दा ३९ लाख २५ हजार दिन सकिन्छ ।
नेपालका प्रमुख नदीहरुको विद्युत् उत्पादनको क्षमता अनुसार माथिल्लो कर्णाल ४१८० मेघावाट, पश्चिम ७५० मेघावाट, माथिल्लो मस्यांदी ६०० मे, बुढी गण्डकी क, १३० मेघावाट, बुढी गण्डकी ख २०० मेघावाट, नामलान ३०३ मेघावाट, तामाकोशी ३ ८८० मेघावाट, दुधकोशी ४३५०, गरी ८० हजार मेघावाट सम्मको सम्भावना नेपालमा अझै सुरक्षित छ । नेपालमा अव पिपिसी मोडलबाट रोगजारीका अवसरहरु सिर्जना गरी कार्यहरु सम्पादन गर्ने हो भने लाखौलाई रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ ।
७. विकास निर्माणको लागि २५ लाख २२ हजारलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।
८. बन्द उद्योगहरु पुन संचालन गर्दा २५ लाख १० हजारलाई रोजगार सिर्जना गर्न सकिन्छ

My Partners