नियत सही बनाउ देश बन्न समय लाग्दैन

भुकम्प प्राकृतिक प्रकोप हो कसैलाई दोश दिन हुन्न तर देश को अभिभबक भनेको तत्कालिन सत्तमा बसेको कार्यकारी अोहोदा मा आसिनहरु हुन । महाभुकम्प मा के के भयो कस्ले पाए कस्ले पाएनन त्यो अतित मा नजाउ तर अब हाम्रो देश कहाँ जादै छ हाम्रो र भोलिका नेपालीको भबिस्य के हुँदैछ यो गम्भिर प्रश्न हो आज ।
आठ हजार नागरिक मरेकाहरुले किरिया नसक्दै कैयन बाढी पहिरो ले आक्रन्त पारीरहेको अवस्था, आज खाए भोली को छाक कसरी टार्ने समस्या ग्रस्त अवस्था मा आधी भन्दा बढी नागरिक रहेको बेला आठ बर्ष सम्म न आएको संबिधान मा ब्यग्र ब्यस्त राजनैतीक नेत्रित्तो को नियत के हो ? यदी नियत ठीक हो भने यिन्ले उच्च प्राथमिकता मा अब यो मन्सुन मा जान सक्ने बाढी पहिरो बाट नागरिक को ज्यान कसरी सुरक्षित गर्न सकिन्छ कहाँ कहाँ बढी पहिरो जान सक्छ त्यस्को पूर्वनुमान गर्ने , र त्यस भेग का नागरिक लाई कम जोखिम युक्त ठाउहरुको पहिचान गरी भदौ सम्मा आस्थाइ बसोबास तथा खनपिन साथै आस्थाइ शिक्षा को प्रबन्ध गर्न कत्तीपनी गाह्रो बिषय हैन गास बास र कपास नेपाली सेना लाई जिम्मा दिय अब आउन सक्ने सम्भबित समस्या बाट सरकार मुक्त हुने थियो यो कुरा थाहा हुँदा हुँदै नागरिक प्रतिको बफादारीता लाई लत्यौदै जनता दु:ख मा छन यही बेला आफ्नो मानो सोझ्याउने हो भन्ने कुनियत ले संबिधान को नौटङ्की रचिदै छ ता कि कोइ बिरोध मा नआवोस । आउने पनि कसरी एकत बर्षा अर्को घर खाने लाउने केही छैन कुन दिन पहिरोले पुर्ने भयबह स्थिती मा जनतालाई संबिधान को कुनै चासो छैन त्यसैले बेला यही हो ।
संसारभरीका नेपाल प्रती शाहआनुभुती राख्ने देश र जनता ले आफ्नो गक्ष ले भ्याएको हाम्रो देश लाई दिए तर राज्य ले अहिले सम्मा पार्दर्सी कहाँ बाट कती आयो केही खुलाउन चाहेन यो पनि नियत सग जोडीन्छ किन भने त्यहा सहयोग सग सगै सहानुभुती आएको छ माया आएको छ राज्य ले ति देश र नागरिक लाई धन्यवाद दिन सम्मा चुकेको छ कारण : यसो गरिय पार्दर्सी हुन्छ र कहाँ गयो जनताले भोली सोध्छन त्यो सहयोग भोलिको कालो राजनीति लाई प्रयोग गरिने वला छ ।
देश मा यतिठुलो प्रलय भयो तर सङ्कटकाल लागु गरिएन किनभने सङ्कट्काल लागु गर्दा नेपाली सेना लाई जिम्मा दिनु पर्छ त्यसो भय यस्मा लुट मच्चाउन पाइन्न वास्तव मा भुकम्प को मापन पनि गलत हो भन्ने कुरा आउँदै छ किन भने नियत नै आफ्नो दुनो सोझाउने भयपछी आफु अनुकुल व्याख्या गर्ने नै भय ।
माया सगै दिएको रकम कलम को कुनै पार्दर्सिता छैन तर तिनै अबला जनताको नाम मा दता सम्मेलन गरियो यो सबै भन्दा भात्सना गर्न लायक र कुनियत को पराकास्टा हो किन भने त्यहा हरेक नेपाली को स्वाभिमान लाई तराजुमा राखिएको छ हरेक नागरिक लाई भिख मगाइेको छ यध्यपी हात थापेपछी धेर थोर आउछ आयो यहाँ मैले नियत को कुरा गर्दा माग्ने नै हो भने स्वाभिमानी मगाइ हुनु पर्थियो ।
१। राज्य ले लागानी को खाका कोरी लगानी गर्न लगाएर उत्पादित बस्तुलाई बिस्वो बजार मा निस्चित समयको लागि बिना कर या कर छुट मा बजार देउ भन्न सक्नु पर्थियो त्यो स्वाभिमानी मगाइ हो ।
२। बैदेसिक रोज्गार मा गएका हरुको तलब बढाइदे भनेर माग्न सकिन्थियो त्यो स्वाभिमानी मगाइ हो । (जस्मा राज्य ले श्रम कर थपी आफ्नो ढुकुटी मा तान्न्न सक्छ ) यस्ता धेरै उपाय थिय जुन एकै चोटि नेपाली बेरोज्गार समस्या समाधान सगै बिस्वो बजार मा नेपाली बस्तु परिचय हुने थियो जस्ले आउने पुषता लाई बिस्वो ब्यापार को दौड मा हिस्सेदार बनाउन सकिन्थियो तर त्यो भयन हामीले हाम्रो सिर निहुराएर माग्न वाध्य भयो हाम्रो देश । अब मागिनै सक्यो सहयोग पनि आयो फेरी हाम्रो देशको सासक आफ्नो दुनो सोझ्याउने बाटो सिवाय आरु केही सोच्ने वला छैन तर अझै देश यसरी बन्न सक्छ :
बिस्वो का आजका सक्तिसाली देश भनेर चिनिने सबै देश्हरु हामी ति देश लाई सक्तिसाली देश सोच्नु मा एेउटै करण आर्थिक सम्पन्नता हो यदी भोली अमेरिका भन्ने देश को अर्थतन्त्र जिरो भयो भने हामी सक्तिसाली भन्ने छैनउ त्यसैले आर्थिक सम्पन्नता म सक्ती जोडीएको आजको बिस्वो मा नेपाल ले गर्ने भनेको दिर्घकालिन आर्थिक सम्पन्नताको बाटो तय गर्नु हो त्यस्को लागि राज्य ले मात्रा यो स्वाभिमान बेचेर आएको रकम को शाही सदुपयोग गरे २५ प्रतिसत देश्ले आर्थीक प्रगती गर्ने छ । त्यस्को लागी सबै भन्दा पहिला भुकम्प प्रभाबित हरेक जिल्ला मा त्यस जिल्ला का सबै नागरिक लाई रोज्गार दिने उधोग को पहिचान गरी राज्य ले लगानी गर्ने जुन उधोग को आबस क्षेत्र बनाइ बसोबास गराइ बाकिलाई अन्य खर्छ धान्न रिन दिने तर उधोग मा काम गरेको तलब को केही अङ्स कटाउदै जाने रिन चुक्ता गर्द त्यती नै रकम जम्मा भएको हुन्छ र दिएको पैसा राज्य कोश मा फिर्ता आउछ देश मा बेरोज्गार समस्या समाधान हुन्छ उक्त उत्पादित बस्तु लाई निर्यात गरी बिदेसी मुद्रा नेपाल भित्राउने काम हुन्छ जस्ले नेपाली युबाहरुमा बैदेसिक रोज्गार मा जाने र श्रम बेच्ने काम मात्रा बन्द हुँदैन नयाँ ब्यापारिक पुश्ता को जन्म हुन्छ त्यसइ बाट नेपाल ले नयाँ बाटो पाउछ ।बिदेश मा ब्यापार गरेर बसेका नेपालीहरुसग राज्यले पर्याप्त आर्थिक र ब्यापारिक फाईदा लिन सक्छ बिदेश घुम्न जाने सग कर लिन सक्छ बिदेश मा श्रम गरेर बसेकहरुको रकम राष्ट्र बैक मार्फत भुक्तानी गरी आर्थिक चुहावोट रोक्न र श्रमिक को कमाई लाई सुरक्षित गर्दिन सक्छ यहाँ लाखौं तरिका छन जस्ले पाच बर्ष मा देश लाई सम्रिद्दिको बाटो मा लैजान सकिन्छ तर यसो हुने वला छैन किन भने नेत्रित्तो को नियत ठीक छैन जब नेत्रित्तो को नियत ठीक हुन्न तब निती ठीक हुन्न निती नैइ ठीक नभय पछी मुलुक बन्दैन तसर्थ अब यो परिस्थिती बाट मुलुक लाई अगाढी लगाउन बिबेकशिल युबाहरु जहाँ रहे पनि मातृभूमी प्रती बफादार भई एकिक्रित हुनु पर्छ सानो सानो आर्थिक प्रगती मा सामुहिक रुप मा लाग्नु पर्छ नियत ठीक गरी निती बनाउन नेत्रित्तो लिनु पर्दछ ।

My Partners