आज असार १५ राष्ट्रिय धान दिवसकाे माैका पारि धान खेतीबारे मैले जानेका केही कुरा भन्दै छु ।

hqdefault (2)धान विश्वको एक प्रमुख अन्न बाली हो । विश्वमा धानको निकै महत्व छ । धानलार्इ बालिको राजा नै मानिन्छ । यसकाे वैज्ञानिक नाम ओरिजा सेटिभा हाे । यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा नै पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन गर्नुका साथै खपत पनि गरिन्छ । एशियाली मुलुकहरूलाई धानको बास्केट नै मानिन्छ । संसारभरि १५० मिलियनभन्दा बढी क्षेत्रमा धानको उब्जाउ गरिन्छ । धान भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा क्षेत्र ओगटेका छन् । अनि ६५ प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।

लगभग १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)मा उत्खनन (१०००-७५० इसापूर्व)को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला बंगलादेश, उडिसा, अासाम र यसका छेउछाउका क्षेत्रहरूमा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया अनि फ्रान्स, इटाली, स्पेन जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार हुँदै गयो । तर धानको पहिलो बीज कहिले र कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै पत्ता लगाउँन सकेका छैनन् ।

धान (ओरिजा)का २० परिचित प्रजातिहरू छन् तर ‘ओरिजा ग्लाबेरिमा (Oryza Glaberrima)’ र ‘ओरिजा सेटिभा (Oryza Sativa)’ मात्र उब्जाउ गर्ने गरिन्छ । ओरिजा सेटिभा एसियामा उत्पादन गरिन्छ भने ओरिजा ग्लाबेरिमा अफ्रिकामा उब्जाउ गरिन्छ । ओरिजा पेरिनिस (Oryza Perennis) नामक एक जंगली धानबाट ओरिजा सेटिभा विकास भएको अनुमान गरिन्छ भने ओरिजा ग्लाबेरिमा  पश्चिम अफ्रिकाको कुनै ठाउँमा ओरिजा ब्रेभिलीगुलाटा (Oryza Breviligulata) नामक प्रजातिबाट विकास भएको मानिन्छ । ओरिजा रूफिपोगोन (Oryza Rufipogon) नामक प्रजाति एसियाली बाह्रमासे प्रकारको धान हो भने ओरिजा निभारा (Oryza Nivara) एकवर्षे बाली हो ।

नेपालको परिपेक्षमा भन्नुपर्दा, नेपाल एक कृषिप्रदान देश हो । नेपालको प्रमुख बालि धान नै हो । धान खेति नेपालमा पुरानो तथा नयाँ प्रविधिवाट गरिन्छ । धानको राम्रो उत्पादनको लागि अाधुनिक विधि निकै लाभदायक हुन्छ । धानको ‘राम्रो उत्पादन को लागि सर्वप्रथम उन्नत विउको छनैाट गर्नुपर्दछ । त्यस पछि खाध्य पुर्ति, साथै त्यसमा लाग्ने रोगहरूको पहिचान गरि त्यसको निवारण कार्य प्रमुख हो । धानको विज रोप्ने तरिका अाधुनिक र पुरानोमा फरक छैन । अाधुनिकमा उन्नत विज हुन्छ भने पुरानोमा लोकल विज हुन्छ । यो नै प्रमुख भिन्नता हो ।

hqdefaultनेपालमा बार्षिक ९० अर्व मूल्य बराबरको धान उत्पादन हुने गरेको तथ्यांक छ । धानको उत्पादन तथा उत्पादन पछिको कामले गर्दा नेपालजस्ता विकासोन्मुख देशका ग्रामिण भेगका एक अर्ब भन्दा बढी मानिसले रोजगारी पाइरहेको विभिन्न तथ्याङ्कहरूले पुष्टि गरेको पाइन्छ । नेपालको प्रमुख अन्नबालीमा पर्ने धानलाई विशेष महत्व दिन २०६१ साल मंसिर २९ गते भएको मन्त्रीपरीषदको निर्णय अनुसार असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने गरिएको छ । त्यस्तै आज भन्दा ५८ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमारी विरुद्धको नारासहित धानलाई वर्ष बाली घोषणा गरेको थियो । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा धानको योग्दान १० प्रतिशत भन्दा माथि रहने गरेको छ । हाल नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा ६ प्रतिशतले घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । बर्षेनी उर्वरभूमी घरघडेरीको लागि उपभोग हुँदै जानु, जग्गा प्लटीङ्ग गरी बाझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गईरहेकोले चामलको उच्च मागलाई धान्न धानको उत्पादकत्व बृद्धि गर्नु आवश्यक भएकाे छ । हामीले जमिनको क्षेत्रफल बढाउन नसके पनि उत्पादकत्व बृद्धि गर्ने प्रशस्त सम्भाबनाहरू छन् ।

k8हाम्रो छिमेकी मुलक चीनको धान उत्पादकत्व ६ मेट्रिक टन प्रति हेक्टर छ भने अष्ट्रेलियाकाे करीब ९ मेट्रिक टन प्रति हेक्टर छ । यस अर्थमा नेपालमा धान खेतीलाई व्यवस्थित गर्न सके हाल खेती भइरहेको जमीन, श्रमबाट नै हालको भन्दा दुई गुणा उत्पादन लिन सकिन्छ, जसले अरबौंको चामल आयातलाई मात्र रोक्दैन, सम्रग देशको अर्थतन्त्रलाई समेत राहत मिल्दछ । देशकै मुख्य अन्नवाली धानको खेती नेपालको मनाङ, मुस्ताङ वाहेक ७३ वटा जिल्लामा हुन्छ । आधुनिक प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउँन सकिने भएपनि यसको प्रयोग केहि सिमित ठाउँमा बाहेक अन्य ठाउँहरूमा हुन सकेको छैन । पुरानै बिधीबाट गरिने धान खेतीमा प्राय धान रोपेदेखि नकाटेसम्म धानलाई पानीमै डुवाएर राख्नुपर्छ भन्ने मान्यता हाम्रा किसान दाजुभाई दिदिबहिनीमा छ । यस्तो सोचलाई विस्तारै बदल्दै आधुनिक धान खेतीतर्फ आकर्षित गर्न सरकारले नै किसानलाई फाइदा हुने खेती प्रविधिबारे नयाँ सीप तथा तालिमहरूकाे ब्यबस्था गरिदिएमा नेपालकाे कृषि प्रणालीमा र नेपाली कृषकबर्गकाे जीवनस्तरमा समेत धेरै सुधार अाउँने थियाे ।

hqdefault (1)जेष्ठ महिना धानको बिउ तयार गर्ने महिना हो । सिंचाइको उपलब्धता अनुसार ब्याडको तयारी गर्नु पर्ने हुन्छ । धानको उत्पादनमा विऊको पनि महत्वपूर्ण योगदान हुने भएकोले ब्याड राख्दा राम्रो किसिमको बिउ राख्नु पर्दछ । ब्याड राखेको लगभग एक महिनामा धानको बिरुवाहरु रोप्न योग्य हुन्छन् । ठाउँ, माटो, मौसम, पानी हेरी विभिन्न ठाउँहरुमा असार देखि लिएर भदौ १५ सम्म धनको बिरुवा गाड्ने गर्दछन् । धान रोपिसके पछि त्यतिकै छोडेर मात्र हुँदैन समय समयमा पानी लगाउने, पानी बढी भएमा कम गराउने, झार पलाएमा गोडमेल गर्ने, धानमा लाइ, किराहरु लागेमा औषधि हाल्ने तथा धानलाई मजाले हुर्काएर राम्रो उत्पादन लिनको लागि आवश्यक भिटामिन हाल्ने समेत गर्नु पर्दछ । धान रोपेको ठाउँको माटोको अवस्था परिक्षण गरेर मात्र मल, विषादी आदिको प्रयोग गर्नु पर्दछ । बिशेस त अन्न बलिहरुकालागि प्रांगारिक मल नै उपयुक्त मानिन्छ ।

धान खेतिको लागि अावश्यक मल प्रतिहेक्टर २०० क्विन्टल देखि ३०० क्विन्टल गोवर मल, त्यसै गरि १०० किलो युरिया, १०० किलो नाइट्रोजन, ५० किलो पोटास, ५० किलो फस्फोरसकाे प्रयाेग गर्नुपर्दछ । उपर्युक्त मलहरू मध्ये नाइट्रोजन र फस्फोरसको अाधा जति बचाएर बाँकि सवै मल अन्तिम जोताइ गर्दा जमिनमा हाल्नु पर्दछ । नाइट्रोजन र फस्फोरसको अाधा भाग बालिमा फल लाग्दा हाल्नु पर्छ । पोटासको प्राप्ति हेतु १० टन केराको थाम वा जलकुम्भि काटेर वराबर गरि हालेको खण्डमा पोटास पुरै प्राप्त हुन्छ ।   धान खेति गर्दा सबै राम्रो तरिकाले प्रतिफल दिन्छन भन्ने हुदैन । यस क्रममा विभिन्न रोगहरुले गर्दा पनि उत्पादनमा कमि अाउँन जान्छ ।डढुवा खैरो रोग, पत्र लान्छन रोग, अावरण सड्ने जस्ता रोगहरु धानमा लाग्ने मुख्य रोग हुन् । यस्ता रोगहरुको निवारणक लागि बजारमा विभिन्न औषधिहरु उपलब्ध छन् । रोगको पहिचान गरि समयमा नै उपचार गर्न सकेमा बालीमा कम नोक्सान भई उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

My Partners